दफा २४
पदीय उत्तरदायित्वको निर्वाह
यस ऐन वा प्रचलित कानून बमोजिम कार्य सम्पादनगर्ने जिम्मेवारी भएको पदाधिकारीले आफ्नो अधिकारको प्रयोग गर्दा वा कर्तव्यपालना गर्दा देहायको विषयमा ध्यान दिनु पर्नेछः–(क)आपूले सम्पादन गर्ने काम निर्धारित समयमा नै सम्पादन गर्न आफैंले पहल गर्ने,
(ख) सरकारी वा सार्वजनिक स्रोतको प्रयोग गर्दा मितव्ययी ढङ्गबाट अधिकतम सदुपयोगर उत्पादनशील हुने गरी प्रयोग गर्ने,
(ग) सरकारी वा सार्वजनिक कार्यालयलाई सेवा प्रदायक संस्था, सम्बन्धित पदाधिकारीमुलुकको सेवक तथा सर्वसाधारण सेवाग्राही सेवा पाउने अधिकार भएको व्यक्ति होभन्ने कुरामा ध्यान दिने,
(घ) कार्य सम्पादनमा ढिलासुस्ती र विलम्ब हुनु भनेको स्रोत र
साधनको दुरुपयोग हुनुहो र मुलुकको थप स्रोत र साधन खर्च हुनु हो भन्ने भावना राख्ने,
(ङ) कार्य सम्पादन गर्दा कुनै अपरिहार्य कारण परी तत्काल कार्य सम्पादन गर्न नसकिनेभएमा त्यसको जानकारी माथिल्लो निकायलाई दिने ।तर सार्वजनिक सेवाको विषयमा वा सेवाग्राहीसँग सम्बन्धित विषय भएमात्यस्तो विषय सम्बन्धित कार्यालयको सूचनापाटीमा टाँसी आवश्यकता अनुसार प्रचारप्रसार समेत गरी गराई सर्वसाधारणलाई जानकारी गराउनु पर्नेछ ।
(च) आफ्नो अधिकारक्षेत्रभित्र पर्ने विषयमा जिम्मेवार पदाधिकारी स्वयंले निर्णय गर्नु पर्ने र
कुनै किसिमको कानूनी जटिलता वा द्विविधा नभएको सामान्य विषयमा माथिल्लोनिकायको निर्देशन माग नगर्ने ।
(छ) सरकारी वा सावर्
जनिक कामकोसिलसिलामा सार्वजनिक पद धारण गरेको व्यक्तिलेसेवाग्राहीसँग प्रचलित मूल्य, मान्यता र संस्कृति अनुरुप शिष्ट व्यवहार गर्ने ।